उपत्यकाबाहिर पहिलोपटक कमिकोस क्याफे एण्ड स्टोर विराटनगरमा

उपत्यकाबाहिर पहिलोपटक कमिकोस क्याफे एण्ड स्टोर विराटनगरमा

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा पहिलोपटक कमिकोस क्याफे एण्ड स्टोर सञ्चालनमा आएको छ ।

विराटनगर–९ मेनरोडस्थित राष्ट्रिय वाणिज्य बैंक छेउमा उक्त क्याफे एण्ड स्टोर सञ्चालनमा आएको हो । बुधबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले क्याफे एण्ड स्टोरको उद्घाटन गरेका हुन् । क्याफे एण्ड स्टोरको अवधारणा प्रदेश १ मै पहिलो हो । क्याफेमा जापानिज, चाईनिज र कोरियन खानाका परिकारहरु उपलब्ध रहेको सञ्चालक सिद्धान्त मण्डलले बताए । उनले क्याफेसँगै रहेको स्टोरमा हुडी, ज्याकेट, टि–सर्ट, की रिङ, माउस प्याड र मोबाईल कभर लगायतका प्रख्यात कमिकोस क्यारेक्टरका मर्चेन्जाडाईज आईटमहरु बिक्रीमा रहेको उनले जानकारी दिए ।

बुधबारदेखि सञ्चालनमा आएको क्याफेमा युवा व्यावसायी मण्डल र अविरल काफ्ले सहित ४ जनाको संयुक्त लगानी छ । क्याफे एण्ड स्टोर कुल २५ लाखको लगानीमा सञ्चालनमा आएको हो । ‘यसलाई टुडी क्याफे पनि भनिन्छ,’ सञ्चालक मण्डलले भने, ‘यहाँ कमिकका पात्रहरुलाई विभिन्न तरिकाले प्रस्तुत गरिएको हुन्छ ।’

यसअघि काठमाण्डौंमा मात्र रहेको कमिकोस क्याफे पहिलोपटक उपत्यका बाहिर सञ्चालनमा आएको हो । हाल क्याफेमा रेगुलर खानाका परिकारहरु उपलब्ध छन् । महिना दिनभित्र थप विदेशी परिकारहरु उपलब्ध गराउने तयारी रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्