इन्डोनेसियाको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, ९ जना बेपत्ता

इन्डोनेसियाको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो, ९ जना बेपत्ता

एजेन्सी । इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या १४ पुगेको छ ।

ज्वालामुखी विस्फोटमा परेर अरु नौ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । हिजो राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी) दिएको सामाचारअनुसार १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका थिए ।

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट त्यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरू भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले त्यहाँ अहिलेसम्म पनि नौ जना व्यक्ति हराइरहेको जानकारी दिए ।

उनका अनुसार हराएका ती व्यक्तिहरूका बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरू हराएका या मृत्यु भएको पनि हुनसक्ने जनाए । जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्