क्यालिफोर्नियामा जहाज दुर्घटनामा चारको मृत्यु

<span class='c1'>क्यालिफोर्नियामा जहाज दुर्घटनामा</span> <span class='c2'>चारको मृत्यु</span>

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो । यहाँको स्थानीय भिसिला म्युनिसिपल एरपोर्टबाट उडेको केही क्षणमा नै सो विमान दुर्घटनामा परेको थियो ।

सो जहाज छ सिट क्षमताको थियो र त्यसमा रहेका चार जना व्यक्तिको घटनास्थलामै ज्यान गएको थियो । दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन । अधिकारीहरुले सो घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्