अमेरिकामा सङ्क्रमण उच्च, एक लाख १७ हजारभन्दा बढी सङ्क्रमित थपिए

अमेरिकामा सङ्क्रमण उच्च, एक लाख १७ हजारभन्दा बढी सङ्क्रमित थपिए

एजेन्सी । अमेरिकामा कोरोना भाइरसको सङ्क्रमण उच्च बनेको छ । अमेरिकामा केही समययताकै धेरै सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख १७ हजार सात सय दुई जना नयाँ बिरामी थपिएका हुन् । यो सङ्ख्या केही समययताकै उच्च हो । महामारी उत्कर्षमा पुगेका बेला अमेरिकामा दैनिक दुई लाख जनाभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए ।

त्यो सङ्ख्या घटेर तीन हजार हाराहारीमा पनि झर्यो । तर पछिल्लो समय सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको छ । विश्वमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलने क्रममा रहेका बेला अमेरिकामा पनि दैनिक सङ्क्रमण बढ्दो अवस्थामा रहेको हो ।

हालसम्म पाँच करोड चार लाख नौ हजार नौ सय ८६ अमेरिकी नागरिकमा कोरोना यकिन भइसकेको छ । सङ्क्रमितमध्ये तीन करोड ९८ लाख दुई हजार चार सय ५७ जना जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एकै दिन अमेरिकामा ५९ हजार पाँच सय ९० जनाले कोरोनालाई जितेका छन् । ९७ लाख ९३ हजार सात सय नौ जनाको उपचार जारी छ । उपचाररतमध्ये १४ हजार चार सय ६८ जनाको स्वास्थ्य अवस्था निक्कै खराब छ ।

पछिल्लो २४ घण्टामा विश्वका विभिन्न मुलुकमा भन्दा कोरोनाका कारण मृत्यु हुनेहरुको सङ्ख्या पनि अमेरिकामा धेरै छ । एकै दिन अमेरिकामा एक हजार दुई सय ५१ जना सङ्क्रमितको मृत्यु भयो । महामारी चरमविन्दुमा पुगेका बेला अमेरिकामा एक दिनमा दुई हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो ।

कोरोना नियन्त्रणका क्रममा त्यो सङ्ख्या घटेर एक सयभन्दा तल पनि झर्यो । तर पछिल्लो समय फेरि मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो ।

विश्वमा एकै दिन छ लाख ५२ हजार छ सय २९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या २६ करोड ८० लाख ६१ हजार आठ सय ७२ पुगेको छ । २४ करोड १२ लाख ६० हजार छ सय ४७ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा चार लाख ८५ हजार छ सय ८६ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । विश्वमा हाल दुई करोड १५ लाख छ हजार आठ सय ३२ सङ्क्रतिको उपचार भइरहेको छ ।

उपचाररतमध्ये ८८ हजार चार सय नौ जनाको अवस्था गम्भीर छ । एकै दिन विश्वमा कोरोनाका कारण सात हजार पाँच सय ७६ जनाको मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५२ लाख ९४ हजार तीन सय ९३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्