पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा ४ जनाको मृत्यु, ७ बेपत्ता

पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा ४ जनाको मृत्यु, ७ बेपत्ता

पूर्वी चीनको शानडोङ प्रान्तको यानताई शहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् ।

दुर्घटना हुँदा चालक दलका १४ सदस्य सवार थिए । उद्धार ब्यूरोले बिहान ४:४३ मा उक्त दुर्घटनाको रिपोर्ट प्राप्त गरेको जनाइएको छ । हालसम्म तीन जनाको उद्धार गरिएको छ भने चार जनाको शव फेला परेको छ ।

बेपत्ता चालक दलका सदस्यहरुको खोजीका लागि उद्धार हेलिकप्टर र उद्धार जहाज पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्