इक्वेडरमा बस दुर्घटनामा परी १८ को मृत्यु, २५ घाइते

इक्वेडरमा बस दुर्घटनामा परी १८ को मृत्यु, २५ घाइते

इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ ।

सो दुर्घटनामा अरु २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो । त्यसमा परेर १८ जनाको ज्यान नै गएको र अरु २५ जना घाइते भएका यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन् । शनिबार राति सो दुर्घटना भएको थियो । दुर्घटनामा परेका घाइतेहरुलाई अस्पताल पु¥याइएको बताइएको छ ।

दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्