महिलाको चेन्जिङ्ग रुममा सिसी क्यामेरा जडान गरेको आरोपमा विराटनगरको जेन्टलमेन टेलर्सका सञ्चालक पक्राउ

महिलाको चेन्जिङ्ग रुममा सिसी क्यामेरा जडान गरेको आरोपमा विराटनगरको जेन्टलमेन टेलर्सका सञ्चालक पक्राउ

विराटनगर । चेन्जिङ रुममा सिसिटीभी क्यामेरा जडान गरेर प्रविधिको दुरुपयोग गरेको आरोपमा प्रहरी विराटनगरबाट एकजनालाई पक्राउ गरेको छ ।

विराटनगरको मुख्य बजार क्षेत्र महाविर रोडमा सञ्चालित जेन्टलमेन टेलर्सका सञ्चालक सद्दाम मियाँलाई प्रहरीले सिसी क्यामेराको दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो । सिलाएका कपडा जिउमा फिटिङ्ग भए वा भएनन् भनेर सेवाग्राहीले लगाएर परीक्षण गर्न बनाइदिएको चेन्जिङ्ग रुपमा सिसी क्यामेरा जडान गरेर आफ्नो कक्षमा राखेको कम्प्यूटरमा मनिटर गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

मियाँले महिलाको चेन्जिङ्ग रुपमा सिसी क्यामेरा जडान गरेर मनिटरमा हेर्ने गरेको खुलेपछि उनलाई सेवाग्राहीकै उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो । एकजना महिला सेवाग्राहीलाई कपडा चेन्ज गर्न पठाइएको चन्जिङ्ग रुममा सिसी क्यामेरा अन देखिएपछि महिलाले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले उनलाई पक्राउ गरेर कुन मुद्दा लगाउने विषयमा कानुनी परामर्श सुरु गरेको छ ।

सिसी क्यामेरा जडान गरिएको चेन्जिङ्ग रुममा महिलाले कपडा परिवर्तन गरेको हेर्ने गरेको आरोपमा पक्राउ परेका उनीसँग कहिलेदेखि कुन प्रयोजनका लागि सिसी क्यामेरा जडान गरिएको भन्ने विषयमा प्रारम्भिक सोधपुछ सुरु गरिएको प्रहरीले बताएको छ । प्रहरीले उनीबाट महिला पीडित भए वा नभएको विषयमा समेत सुक्ष्म अनुसन्धान सुरु गरेको छ ।

सिसी क्यामेराको फुटेज देखाएर कसैलाई बार्गेनिङ्ग गरि पीडित बनाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्