१७ लाख पाकिस्तानी बालबालिका पाँच बर्ष नपुग्दै कुपोषणका कारण मृत्यु

<span class='c1'>१७ लाख पाकिस्तानी बालबालिका पाँच</span> <span class='c2'>बर्ष नपुग्दै कुपोषणका कारण मृत्यु</span>

कुपोषणका कारण पाकिस्तानमा १७ लाख सात हजारभन्दा बढी बालबालिकाको पाँच बर्षभन्दाअघि मृत्यु हुनेगरेको पाकिस्तानी खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री सैयद फखर इमामले बताउनुभएको छ ।

पाकिस्तानमा सूक्ष्म पोषक तत्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो असर पार्ने गरेको प्रभात नामक पाकिस्तानी पत्रिकाले इमामलार्ई उद्धृत गरी उल्लेख गरेको छ ।

मन्त्री इमामले पाकिस्तानमा ५० लाखभन्दा बढी मानिसहरूले हाम्रो स्वास्थ्यको लागि महत्वपूर्ण सूक्ष्म पोषक तत्व जिंकको अपर्याप्तता हुने गरेको स्वीकार गर्नुभयो ।

बुधबार ‘जिङ्क गहुँको प्रयोगमार्फत जिंकको कमीलाई सम्बोधन’ कार्यक्रममा उपस्थित मन्त्रीले इमामले भन्नुभयो, “‘हार्भेस्टप्लस’को सहयोगमा पाकिस्तानमा परम्परागत तीन किसिमका जैविक गहुँ बालीलाई लगाउन प्रोत्साहन गर्न बजारमा बिउ पठाइएको छ ।”

उहाँले प्रभात पत्रिकासँगको कुराकानीमा भन्नुभयो, “हाम्रो संयुक्त प्रयासमा यस वर्ष तीन लाख ६० हजार हेक्टरमा जैविकरूपमा सुदृढ गहुँका जातीहरू खेती गरिएका छन् ।”

बाली लगाउने समयमा चालु बालीसँगै १ लाख ६० हजार मेट्रिक टनभन्दा बढी जैविक रूपमा गहुँको दाना उत्पादन हुने अपेक्षा गरिएको फाखर इमामले बताउनुभयो । कुपोषण र खानपानका कारण रुग्णता र मृत्युदर बढ्न गएको पानाहाका महासचिव सनौल्लाह घम्मनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्