घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.८०० ले घटेर रु ९३ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९३ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु.९३ हजार ३०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ले घटेर रु.एक हजार २३५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्