घट्यो सुनको मूल्य: बढ्यो चाँदी

घट्यो सुनको मूल्य: बढ्यो चाँदी

विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.४०० ले घटेर रु.९२ हजार ६०० तोकिएको छ ।

पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० तोकिएकोे छ यसको मूल्य मङ्गलबार प्रतितोला रु.९२ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१०ले बढेर रु.एक हजार २४५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा आउने उतारचडावका आधारमा यहाँ दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८७ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्