बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार तीन सय

बढ्यो सुनको मूल्य, प्रतितोला ९३ हजार तीन सय

विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.७०० ले बढेर रु.९३ हजार ३०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु.९२ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ८०० कायम भएको छ । यसको बजार मूल्य बुधबार प्रतितोला रु.९२ हजार १०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१५ ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्