भारतमा थप सात हजार ४९५ जनालाई कोरोना सङ्क्रमित, २३६ जनालाई ओमिक्रोन भेरियन्ट

भारतमा थप सात हजार ४९५ जनालाई कोरोना सङ्क्रमित, २३६ जनालाई ओमिक्रोन भेरियन्ट

भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । ती मध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा ६५ जना दिल्लीमा ५४ तेलङ्गानामा २४ जनामा ओमिक्रोन भेरियन्ट देखिएको समाचारमा जनाइएको छ ।

सोही अवधिमा थप ४३४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ७८ हजार ७५९ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । पछिल्ला हप्ताहरुमा संक्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रुपमा कमी आएको देखिएको बताइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ७८ हजार २९१ रहेको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०.२३ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको यो संख्या ५७६ दिनको नै सब भन्दा कम रहेको अधिकारीले जनाएका छन् ।

गएको २४ घण्टामा भारतमा छ हजार ९६० कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४२ लाख ८ हजार ९२६ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.४१ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६६ करोड ८६ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ३८ करोड ४० लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्