अन्तरपालिका भलिबल : सिगास फाइनलमा

अन्तरपालिका भलिबल : सिगास फाइनलमा

सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो ।

कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जितेको थियो । दोस्रो सेटमा पञ्चेश्वरले २०–२५ अङ्कले विजयी भयो । तेस्रो सेट सिगासले २५–२१ अङ्कले जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यस्तै अर्को खेलमा दशरथचन्द नगरपालिकालाई र सिगास गाउँपालिकाले २५–२३ र २५–२१ अङ्कले हरायो भने मेलौली नगरपालिका ‘ए’ले पाटन नगरपालिकालाई १५–२५ र २२–२५ अङ्कले पराजित ग¥यो । यस्तै सुर्नया गाउँपालिका र पञ्चेश्वर ‘ए’ बीचको खेलमा पञ्चेश्वर ‘ए’ २४–२७ र २२–२५ अङ्कले विजयी भयो । सिगासले युवाजागरण मञ्च मेलौली ‘बी’लाई २२–२५ र २५–२७ अङ्कले हरायो ।

फाइनल प्रवेशका लागि दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाबीच खेल हुने छ । विजयी टोलीले उपाधिका लागि सिगाससँग खेल्ने छ भने पराजित टोलीले पञ्चेश्वर ‘ए’ सँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ ।

पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही पुस ५ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी रहेको खेल संयोजक सागर भण्डारी सोराडीले जानकारी दिनुभयो । उपाधि जित्नेले रु.एक लाख १० हजार १०१, द्वितीय हुनेले रु.७५ हजार १०१, तृतीय हुनेले रु.५० हजार १०१ तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने टोलीले रु.३० हजार प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्