रु.२०० ले घट्यो सुनको मूल्य

रु.२०० ले घट्यो सुनको मूल्य

विराटनगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.२०० ले घटेर रु ९३ हजार १०० मा आएको छ ।

पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु.९२ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु.एक हजार २६०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्