‘कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ मोहन आचार्य’

<span class='c1'>‘कांग्रेसलाई लोकप्रिय पार्टी</span> <span class='c2'>बनाउनुपर्छ मोहन आचार्य’</span>

नेपाली कांग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य मोहन आचार्यले शिक्षा र स्वास्थ्यमा सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

आफ्नो सम्मानमा नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल जिल्ला कार्यसमिति रसुवाद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘बधाई तथा सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माणका लागि पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्छ भन्नुभयो । “कांग्रेसलाई ठूलो पार्टीमात्र होइन, जनताको लोकप्रिय पार्टी बनाउनुपर्छ, विदेशिएको श्रम शक्तिलाई स्वदेशमा नै रोजगार दिने वातावरण कांग्रेसले निर्माण गर्छ,अग्रजको अनुभव र युवाको जोसलाई सँगै लिएर कांग्रेस अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

उहाँले कांग्रेसको १४ औँ महाधिवेशन सफल बनाउने र आफूलाई विजयी गराउने देशभरका पार्टीका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिलाई धन्यवादसमेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्