मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

<span class='c1'>मलेसियामा भीषण बाढीका कारण मृत्यु</span> <span class='c2'>हुनेको संख्या ४१ पुग्यो</span>

मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् ।

यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन् । "४१ जनाको मृत्युमध्ये २५ जना सेलाङ्गोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा रहेका छन्," प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीले जानकारी दिनुभएको छ । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेङ्गानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

मलेसियामा वर्षायाममा बाढी आउनु सामान्य कुरा हो तर डिसेम्बर १७ मा देशको पूर्वी क्षेत्रमा परेको मुसलधारे पानी डिसेम्बर १९ सम्म जारी रहेपछि यसले विनाशकारी रूप लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्