ब्राजिलमा एकैदिन कोरोना भाइरसबाट १६४ को मृत्यु

<span class='c1'>ब्राजिलमा एकैदिन कोरोना भाइरसबाट</span> <span class='c2'>१६४ को मृत्यु</span>

ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या पनि बढेको पाइएको छ। साथै गएको २४ घन्टामा यहाँ ४ हजार १४६ जनामा सङ्क्रमण भएको छ । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भेरियन्ट पनि बढेको पाइएको छ ।

यहाँ यो भाइरसको सङ्क्रमण सुरु भएयता ६ लाख १८ हजार ३९२ जनाको यही प्रकोपबाट निधन भएको बताइएको छ । त्यसैगरी यहाँ २ करोड २२ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ पछिल्लो समयमा कोरोना भाइरसको पूर्ण मात्राको खोप लगाउने नागरिकको संख्या बढेको छ तर सङ्क्रमण पनि बढेको पाइएको छ ।

यहाँका ६८ प्रतिशत नागरिकले कोभिड विरुद्धको खोप लगाएका छन् । ब्राजिल विश्वमै कोरोना भाइरसका कारण सबैभन्दा बढी नागरिकको ज्यान जाने देशमा अमेरिकापछि दोस्रोमा पर्दछ । कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिकी नागरिकको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्