सुनको मूल्यमा सामान्य वृद्धि

सुनको मूल्यमा सामान्य वृद्धि

विराटानगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.१००ले बढेर रु.९३ हजार २०० पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला रु.९३ हजार १०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ७०० रहने छ जसको मूल्य आइतबार प्रतितोला रु.९२ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु.१०ले घटेर एक हजार २५० रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०९ डलर आसपास कारोबार भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्