घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

विराटानगर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.२०० ले घटेर रु.९३ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९३ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु.९२ हजार ७०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ले बढेर रु.एक हजार २६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्