विद्यालयलाई आर्थिक सहयोग

<span class='c1'>विद्यालयलाई आर्थिक</span> <span class='c2'>सहयोग</span>

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ स्थित रितुङ माविलाई स्थानीयवासी भीमबहादुर छन्त्यालले रु.एक लाख सहयोग गर्नुभएको छ ।

हाल अमेरिकामा बस्दै आउनुभएका छन्त्यालले कान्छा हजुरबुबा दलबहादुर छन्त्यालको स्मृतिमा विद्यालयलाई सो रकम सहयोग गर्नुभएको हो । सो रकम उहाँले प्रधानाध्यापक खिमबहादुर छन्त्याललाई हस्तान्तरण गर्नुभयो ।

छन्त्याललाई विद्यालय परिवारले सहयोगका लागि धन्यवाद दिएको छ । छन्त्यालले विद्यालयको शैक्षिक प्रगतिका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताउनुभयो । दुर्गम गाउँको उक्त विद्यालयले स्थानीय स्रोत साधन जुटाएर बिनादरबन्दी मावि तहको पठनपाठन सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्