अमेरिकी र रुसी राष्ट्रपतिबीच फोनवार्ता हुने

<span class='c1'>अमेरिकी र रुसी</span> <span class='c2'>राष्ट्रपतिबीच फोनवार्ता हुने</span>

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता हुने भएको छ ।

उहाँहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको क्रेमलिनले जनाएको छ ।क्रेमलिनले बुधबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार उहाँहरुका बीचमा बिहीबार फोनवार्ता हुने भएको हो । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सो कुराको जानकारी दिनुभएको छ । तर पनि उहाँले सो वार्तामा के कस्ता विषयमा कुराकानी हुने हो भन्ने बारेमा भने केही बताउनुभएको छैन । दुई देशका राष्ट्रपतिका बीचमा यही डिसेम्बर ७ मा पनि भिडियोमार्फत् कुराकानी भएको थियो । त्यस समयमा भने उहाँहरुका बीचमा युक्रेनको पछिल्लो अवस्था र त्यहाँ रुसको उपस्थितिका विषयमा कुराकानी भएको बताइएको थियो ।

त्यस समयमा नेटोका विषयमा पनि कुराकानी भएको थियो । सो वार्तापछि रुसी राष्ट्रपति पुटिनले नेटो सुरक्षासम्बन्धी एक सम्झौता पत्र नै पठाउनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्