सुन चाँदीको मूल्य घट्यो

सुन चाँदीको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.४०० ले घटेर रु.९२ हजार १०० तोकिएको छ ।

अघिल्लो दिन उक्त सुन प्रतितोला रु.९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९१ हजार ६०० कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु.९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु.१५ घटेर रु.एक हजार २४५ पुगेकोे महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्