अमेरिकी- रुसी राष्ट्रपति बीच फोनवार्ता

<span class='c1'>अमेरिकी- रुसी राष्ट्रपति</span> <span class='c2'>बीच फोनवार्ता</span>

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षीलाई फोनवार्तामा आणविक युद्ध शुरु गर्न नहुने र यसबाट राम्रो परिणाम निक्लन नसकिने बताउँनुभएको क्रेमलिनका सहयोगी युरी उशाकोभले बताएका छन् ।

"यो धेरै महत्त्वपूर्ण छ कि राष्ट्रपति बाइडेनले वार्तालापको क्रममा बारम्बार आणविक युद्ध शुरु गर्नु हुँदैन र जित्न सकिदैन," भन्नुभएको स्पुतनिकले उशाकोभलाई उद्धृत गर्दै जनाएको छ । उक्त वार्ता बिहीबार अपराह्न ४:२५ बजे भएको थियो । सो अवसरमा राष्ट्रपतिहरूले सबै मुख्य विषयमा छलफल भएकोमा जोड दिँदै उशाकोभले वार्ता निकै अर्थपूर्ण भएको र जुन अत्यन्तै महत्त्वपूर्ण पनि रहेको भन्दै नयाँ वर्षपछि पनि वार्तालाई निरन्तरता दिने सहमति भएको बताउँनुभएको छ । "सैद्धान्तिक रूपमा, हामी वार्ताबाट सन्तुष्ट छौं किनभने तिनीहरू स्पष्ट, ठोस र विशिष्ट थिए। म यो पनि भन्न सक्छु कि यी वार्ताहरूको भावना रचनात्मक थियो," उशाकोभले भने।

क्रेमलिन सहयोगीले जनाएअनुसार वार्ताको क्रममा जो बाइडेनले वाशिङ्गटनले युक्रेनमा आपत्तिजनक स्ट्राइक हतियारहरू तैनाथ गर्ने छैन भन्ने कुरा राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्