चीनको गुइझोउ प्रान्तमा पहिरोमा परी ५ जनाको मृत्यु ९ जना बेपत्ता

<span class='c1'>चीनको गुइझोउ प्रान्तमा पहिरोमा परी ५</span> <span class='c2'>जनाको मृत्यु ९ जना बेपत्ता</span>

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको बिजी शहरमा निर्माणस्थलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको भने अन्य नौ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

सिन्ह्वाका अनुसार सोमबार साँझ ७ बजेतिर पहिरो खसेको बिजीको नगरपालिका सरकारले जनाएको छ । मंगलबार बिहान ७ बजेसम्म आठ जनाको उद्धार गरिएको छ । तीमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको र अवस्था स्थिर रहेको छ भने अन्य पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सिन्ह्वाका अनुसार आपतकालीन दमकल र सार्वजनिक सुरक्षा विभागका ७२० भन्दा बढी कर्मचारी बेपत्ता व्यक्तिहरूको खोजी गर्न घटनास्थलमा पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्