बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.६०० ले उकालो लागेको छ ।

अधिल्लो दिन प्रतितोला रु.९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.९२ हजार ८०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ३०० कायम गरिएको छ । मङ्गलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ले बढेर रु एक हजार २६० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्