सरकारद्वारा निर्धारित तलब दिने प्रतिबद्धतापछि जहदाको आन्दोलन स्थगित

सरकारद्वारा निर्धारित तलब दिने प्रतिबद्धतापछि जहदाको आन्दोलन स्थगित

विराटनगर । सरकारद्वारा निर्धारित तलब नपाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका मोरङको जहदा गाउँपालिकाका शिक्षिका तथा विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् ।

बिहीबार बसेको द्विपक्षीय वार्तामा गाउँपालिकाले सरकारद्वारा वृद्धि गरिएको तलब दिने प्रतिबद्धता जनाएपछि शिक्षिका तथा विद्यालय कर्मचारीहरुले आन्दोलनका सम्पुणर् कार्यक्रमहरु स्थगित गरेका हुन् । उनीहरुले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको नयाँ निति/कार्यक्रम तथा बजेट अनुसार विद्यालय कर्मचारी र शिक्षक/शिक्षिकाको तलब दिनुपर्ने माग सहित चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनको क्रममा उनीहरुले पौष १४ र १५ गते कालोपट्टि बाँधेर पठनपाठन, पौष १६ गते शिक्षक महासंघको नेतृत्वमा घटक संस्था सहितको उपस्थितिमा धर्ना, १८ गते जहदा गाउँपालिकाको सम्पुणर् कामकाज ठप्प तथा पौष १९, २० र २१ गते गाउँपालिकाको सम्पुणर् सामुदायिक र संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका थिए । यद्यपि, माग सम्बोधन हुने छाँटकाँट नदेखिएपछि पौष २१ गते उनीहरुले बेलुकी ७ बजेसम्म गाउँपालिकाका कर्मचारीहरुलाई बाहिर निस्कन दिएका थिएनन् ।


शान्ति सुरक्षामा समेत असर पर्न सक्ने अवस्था सिर्जना भएपछि मात्र बिहीबार गाउँपालिकाले उनीहरुसँग वार्ता बसेर १ बुँदे सहमति गरेको हो । गाउँपालिकाले सरकारद्वारा वृद्धि गरिएको तलबको भुक्तानी माघदेखि गर्ने र चालु आर्थिक वर्षको साउनदेखि पौषसम्मको तलब दशैं खर्च सहित आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यवस्था गरि भुक्तानी गर्ने निणर्य गर्ने सहमति पत्रमा उल्लेख छ ।

मोरङको जहदा गाउँपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन् । जहाँ विद्यालयको बालविकासमा ७७ जना शिक्षिका र कार्यालय सहयोगी तथा लेखापाल गरि विद्यालय कर्मचारीको रुपमा ३३ जना कार्यरत छन् । आर्थिक वर्ष २०७८/०७९ का लागि संघीय सरकारले ल्याएको निति तथा कार्यक्रमले देशभरिका सामुदायिक विद्यालयको बालविकासका शिक्षक/शिक्षिका र विद्यालय कर्मचारीको तलब वृद्धि गरिदिएको छ । जसअनुसार यसअघि मासिक ६ हजार पाउँदै आएका बालविकासका शिक्षक/शिक्षकाहरुको तलब हाल मासिक १५ हजार पुगेको छ । जसमा संघीय सरकारले ८ हजार र स्थानीय तहले ७ हजार दिनुपर्ने सरकारको निति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै चालु आर्थिक वर्षको बजेटले सामुदायिक विद्यालयका कार्यालय सहयोगी र लेखापालहरुको तलब समेत वृद्धि गरेको छ । जसअनुसार हाल सामुदायिक विद्यालयका कार्यालय सहयोगीहरुको तलब मासिक १५ हजार पुगेको छ । यसअघि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने विद्यालयका कार्यालय सहयोगीले मासिक ३ हजार ५ सय, १ देखि ५ का कार्यालय सहयोगीले ४ हजार ५ सय, १ देखि ८ सम्म र १ देखि १० सम्म पढाई हुने विद्यालयका कार्यालय सहयोगीले मासिक ७ हजार ५ सय तलब पाईरहेका थिए । तर, हाल संघीय सरकारको निणर्यानुसार कार्यालय सहयोगीहरुको तलबमा एकरुपता कायम गरिएको छ ।

सरकारको निणर्यानुसार यसअघि मासिक ११ हजार ५ सय तलब बुझ्दै आएको लेखापालहरुको तलब पनि २० हजार ५ सय पुगेको छ । जसमा संघीय सरकारले १३ हजार ५ सय र स्थानीय पालिका मासिक ७ हजार व्यहोर्नुपर्ने सरकारको निणर्य छ ।

सरकारी निणर्यानुसारको तलब मोरङको अन्य १६ वटै स्थानीय तहले दिईरहेको भएपनि जहदा गाउँपालिकाले त्यसमा असहमति जनाउँदै आनाकानी गर्दै आएको थियो । गाउँपालिको असहमतिपछि विद्यालय कर्मचारी र बालविकासका शिक्षिकाहरुले आन्दोलन थालेका थिए । हाल द्विपक्षीय वार्ताबाट गाउँपालिकाले नियमानुसारको तलब भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि कर्मचारी र शिक्षिकाहरु शुक्रबारदेखि काममा फर्किएका छन् ।

बिहीबार गाउँपालिकाको कार्यालयमा बसेको वार्तामा भने अध्यक्ष कैलाश प्रसाद मण्डल, उपाध्यक्ष शालो साह, प्रमुख प्रशासकीय अधिकृत सुवणर् घिमिरे र शिक्षक महासंघका पदाधिकारी तथा बाल विकास केन्द्रका शिक्षक कर्मचारीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्