मुम्बईमा ९३ प्रहरीलाई कोभिड सङ्क्रमण पुष्टि

<span class='c1'>मुम्बईमा ९३ प्रहरीलाई</span> <span class='c2'>कोभिड सङ्क्रमण पुष्टि</span>

पछिल्लो २४ घण्टामा मुम्बईमा ९३ प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

यससँगै नगरमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमण दर २९.९० प्रतिशत पुगेको बृहनमुंबई नगर समितिले बिहीबार जानकारी दिएको छ । महाराष्ट्रमा बिहीबार ३६ हजार २६५ थप व्यक्ति सङ्क्रमित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी आठ हजार ९०७ जना डिस्चार्ज भएका थिए । महाराष्ट्र राज्यमा शुक्रबार ७९ व्यक्तिमा कोभिडको ओमिक्रोन भेरिएन्ट भेटिएको बताइएको छ । यहाँ ओमिक्रोन भेरिएन्ट भेटिएका ३८१ जना निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म राज्यभर ८७६ व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्