नेपाल जनस्वास्थ्य संघको निर्वाचन सम्पन्न, मतगणना जारी

नेपाल जनस्वास्थ्य संघको निर्वाचन सम्पन्न, मतगणना जारी

नेपाल जनस्वास्थ्य संघ केन्द्रिय कार्यसमितिको लागि प्रदेश नम्बर एकमा पनि मतदान सम्पन्न भएको छ । विराटनगरको प्रदेश नम्बर १ आपुर्ति व्यवस्था कार्यालय देवकोटा चौकमा तोकिएको मतदान केन्द्रमा आज बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको थियो । उक्त मतदानमा कुल १ सय ५७ मत खसेको छ । प्रदेश भरि कुल २ सय ६२ जना सदस्य रहेका छन् । यद्यपी देशभरिका सदस्यहरुले विराटनगर स्थित मतदान केन्द्रबाट मतदान गर्न सक्ने व्यवस्था गरिएको थियो ।

मतदान पछि आजै मतगणना सुरु गरिएको छ । आज मध्यरातसम्ममा मतगणना सकिने प्रदेश नम्बर एकका वर्तमान अध्यक्ष अनिल देवले जानकारी दिनु भयो ।
निर्वाचनमा अध्यक्षमा बसन्त अधिकारी , कुष्णमान शाक्य र महेश्वर श्रेष्ठ , उपाध्यक्षमा बिमला भट्ट र सुदर्शन पौडेल, महासचिवमा विराटनगरका कैलाश खाकी श्रेष्ठ र सागर दाहाल, सचिवमा रोशन लामा र तेज प्रसाद दुलाल लगायतको उम्मेदवारी परेको थियो । यसै गरि विराटनगरका बिजेश बस्नेतले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्