गुणस्तरीय शिक्षासम्बन्धी कोशी प्रदेशस्तरीय सम्मेलन विराटनगरमा आज र भोली

<span class='c1'>गुणस्तरीय शिक्षासम्बन्धी कोशी प्रदेशस्तरीय सम्मेलन</span> <span class='c2'>विराटनगरमा आज र भोली</span>

विराटनगर । रातो बङ्गला फाउन्डेसनको आयोजनामा विराटनगरमा शनिबारदेखि गुणस्तरीय शिक्षासम्बन्धी दुईदिने कोशी प्रदेशस्तरीय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले गरिन् ।
‘गुणस्तरीय बाल शिक्षा किन र कसरी ?’ भन्ने मूल विषयमा केन्द्रित सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट शिक्षा क्षेत्रका ३०० भन्दा बढी सरोकारवालाको सहभागिता रहेको छ । सम्मेलनमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, प्रभावकारी शिक्षण विधि, बालमैत्री विद्यालय निर्माण तथा शैक्षिक अनुभव र असल अभ्यास आदानप्रदानका विषयमा छलफल हुने रातो बङ्गला फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षितले जानकारी दिइन् ।


उद्घाटन सत्रमा रातो बङ्गला स्कुलकी प्रधानाध्यापक मिलन दीक्षितले स्वागत मन्तव्य राखेकी थिइन् । सम्मेलनको पहिलो दिनको सत्रमा फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षित प्रमुख वक्ता रहेकी थिइन् भने प्रारम्भिक बाल शिक्षाको वर्तमान अवस्थाबारे रातो बङ्गला स्कुलकी कार्यकारी निर्देशक एलिना सुब्बाले सहजीकरण गरेकी थिइन् ।

सम्मेलनको दोस्रो दिनका प्रस्तुतकर्ताहरूमा रातो बङ्गला स्कुलकी शिक्षिका निभा मानन्धर, संयोजक जेनी मानन्धर, प्रधानाध्यापक मिलन दीक्षित, शिक्षण विभाग प्रमुख मिदेश महर्जन, प्रशिक्षक बन्दना उप्रेती र भावना सुवेदी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्