दक्षिणी यमनमा बारुदी सुरुङ विष्फोट हुँदा ५ जनाको मृत्यु

<span class='c1'>दक्षिणी यमनमा बारुदी सुरुङ विष्फोट</span> <span class='c2'>हुँदा ५ जनाको मृत्यु</span>

यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् ।

यी विष्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले शाब्वाको उसलान जिल्लाबाट फिर्ता हुनु अघि राखेको हुन सक्ने स्थानीय सैन्य स्रोतले नाम न भन्ने सर्तमा जानकारी दिएका छन् । सरकार समर्थक सेनाहरूसँग सम्बद्ध विष्फोटक विशेषज्ञहरूको टोलीले शाब्वामा हुथीद्वारा बिछ्याइएको बारुदी सुरुङ्ग भत्काउन अभियान शुरु गरेको जनाइएको छ ।

पछिल्ला दिनहरूमा सरकार समर्थक सेनाहरूले शाब्वामा हुथीहरू विरुद्ध ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेर उसैलान लगायतका प्रमुख जिल्लाहरूबाट विद्रोहीहरूलाई बाहिर निकाल्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्