डुङ्गामा ढुङ्गा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो

<span class='c1'>डुङ्गामा ढुङ्गा खस्दा मृत्यु</span> <span class='c2'>हुनेको संख्या १० पुग्यो</span>

ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भू–गर्भीय घाटीबाट भत्किँएका चट्टान एक डुङ्गामा खँस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यस दुर्घटनामा परी ३२ घाइते भएका थिए । ती मध्ये २९ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ । उक्त घटना शनिबार दिउँसो भएको थियो । मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहरनजिकै फर्नास ताल वरपरको घाटीबाट ठूला चट्टान खसेको थियो ।

शनिबार बिहान यस क्षेत्रमा भारी वर्षा भएको थियो जसले केही भू–गर्भशास्त्रीले पानीको बहावले चट्टान खसेको हुनसक्ने विश्वास गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्