भारतमा थप एक लाख ६८ हजार नयाँ सङ्क्रमित

<span class='c1'>भारतमा थप एक लाख</span> <span class='c2'>६८ हजार नयाँ सङ्क्रमित</span>

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६८ हजार ६३ जना नयाँ सङ्क्रमित भएका छन् ।

यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ ।

सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार थपिएका नयाँ सङ्क्रमितहरु मध्ये चार हजार ४६१ जना कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोन भाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा अहिले आठ लाख २१ हजार ४४६ जना सङ्क्रमित अवस्थामै रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्या १०.६४ प्रतिशतले बृद्धि हुदै गएको छ । पछिल्लो एक दिनमा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६९ हजार ९५९ रहेको छ । योसँगै कुल सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने तीन करोड ४५ लाख ७० हजार १३१ रहेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्