मेक्सिकोका राष्ट्रपति अन्ड्र्रेस कोरोनाभाइरसबाट फेरि सङ्क्रमित

<span class='c1'>मेक्सिकोका राष्ट्रपति अन्ड्र्रेस</span> <span class='c2'>कोरोनाभाइरसबाट फेरि सङ्क्रमित</span>

मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि सङ्क्रमित हुनुभएको छ ।

उहाँ अहिले दोस्रो पटक सङ्क्रमित हुनुभएको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई सामान्य लक्षण देखिएको र शंका लागेर परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको उनीहरुको भनाई छ । सङ्क्रमण पुष्टि भएसँगै राष्ट्रपति अन्ड्रेस आइसोलेसनमा बस्नु भएको छ । तर उहाँले आफ्नो काम भने आइसोलेसनबाटै पनि गर्ने जनाइएको छ ।

भर्चुअल माध्यमबाट गर्न मिल्ने काम भर्चुअल माध्यमबाटै गर्ने उहाँले बताउनु भएको छ । गत सोमबार पत्रकार सम्मेलन गरेपछि उहाँलाई सङ्क्रमण भएको जनाइएको छ । अवको पत्रकार सम्मेलन भने गृहमन्त्री अडान औगुस्टो लोपेजले गर्नुहुने तय भएको छ ।

उहाँले अतिरिक्त खोपसमेत लगाइसकेकाले उहाँले सङ्क्रमण हुने संभावना कम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्