भारतमा एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित

<span class='c1'>भारतमा एकैदिनमा झण्डै दुई</span> <span class='c2'>लाख नयाँ सङ्क्रमित</span>

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा झण्डै दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ सङ्क्रमित थपिएका हुन ।

मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ ।

दैनिक नयाँ सङ्क्रमितहरुको बृद्धिदर ११।५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । महामारीको प्रभाव सवैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ । महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ सङ्क्रमित थपिएका छन् ।दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ सङ्क्रमित थपिएको अधिकारीहरुले जनाएको छ ।नयाँ सङ्क्रमित मध्ये चार हजार ८६८ जना ओमिक्रोनभाइरसबाट सङ्क्रमितहरु रहेको जनाइएको छ ।

अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना सङ्क्रमित भएको उल्लेख गरिएको थियो । भारतमा सक्रिय सङ्क्रमित र नयाँ सङ्क्रमित दुवैको सङ्ख्या तिव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । भारतमा मंगलबार आठ लाख २१ हजार ४४६ जना सक्रिय सङ्क्रमित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्