दक्षिण अफ्रिकामा सवारी दुर्घटनामा परी सत्र जनाको मृत्यु

<span class='c1'>दक्षिण अफ्रिकामा सवारी दुर्घटनामा</span> <span class='c2'>परी सत्र जनाको मृत्यु</span>

दक्षिण अफ्रिकामा बुधबार भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मिनीबस र ट्याक्सी एकआपसमा जुध्दा भएको दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् ।

बुधबार भएको सो दुर्घटनामा परेर अरु १२ जना घाइते भएका छन् । ती घाइतेको अवस्था पनि गम्भीर रहेको उनीहरुको भनाई रहेको छ । निकै दु्रत गतिमा ती दुवै सवारी दुई बिपरीत बाटोबाट आएका थिए । त्यस क्रममा ठोक्किएका र त्यसपछि सवारीमा आगो लागेको थियो ।

आगलागीका कारण ती सवारी साधनमा रहेका यात्रुहरु नराम्ररी जलेका थिए । जलेका कारण शवको पहिचान हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्