अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

<span class='c1'>अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा</span> <span class='c2'>अहिलेसम्मकै धेरैको मृत्यु</span>

अष्ट्रेलियामा कोभिड १९ बाट २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ ।

प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घण्टामा ७४ जनाको ज्यान गएको बताइएको छ ।

अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो संख्या यहाँ अहिलेसम्मका सबैभन्दा धेरै हो । मंगलबार त्यसअघिको २४ घण्टामा ती नागरिकको ज्यान गएको बताइएको छ ।
त्यसैगरी यहाँका अधिकारीहरुले अष्ट्रेलियामा अस्पताल भर्ना हुनेको संख्या पनि विगतका तुलनामा बढेको पाइएको बताएका छन् ।

यहाँका सबैभन्दा धेरै कोरोना सङ्क्रमित नागरिक न्यु साउथ वेल्सका रहेका छन् । न्यु साउथ वेल्समा गएको २४ घण्टामा ३६ जनाको ज्यान गएको छ । त्यसैगरी भिक्टोरियामा २२ जना र क्वीन्स्ल्याण्डमा १६ जनाको ज्यान गएको छ । ती राज्यहरुमा पछिल्लो २४ घण्टामा सङ्क्रमित हुनेको संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ ।

अष्ट्रेलियामा पछिल्लो समयमा कोभिड सङ्क्रमण बढ्दो देखिएको छ । यहाँ सङ्क्रमित हुनेसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्