सवारी दुर्घटनामा १ को मृत्यु, ५ घाईते

<span class='c1'>सवारी दुर्घटनामा १ को</span> <span class='c2'>मृत्यु, ५ घाईते</span>

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा ४ स्थित सिद्दिचरण राजमार्गमा बलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ घाईते भएका छन ।

मृत्यु हुनेमा कटारी वडा ८ बस्ने ३८ बर्षीय बिक्रम राना मगर रहेका छन । सोमबार बेलुका करिब ५ बजे कटारीबाट मरुवातर्फ जादै गरेको बा. १० च ४१८८ नम्बरको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार रहेका ६ जना घाईते भई कटारी अस्पतालमा उपचार गर्न लगिएको थियो। मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

बोलेरो चालक कटारी वडा ८ बस्ने प्रेम बहादुर श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास तथा दुर्घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्