पाकिस्तानमा कोभिड १९ का पाँच हजार ४ सय ७२ थप सङ्क्रमित

पाकिस्तानमा कोभिड १९ का पाँच हजार ४ सय ७२ थप सङ्क्रमित

पाकिस्तानमा पछिल्लो २४ घण्टामा ५ हजार ४सय७२ थप कोभिड–१९ सङ्क्रमित थपिएका नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसिओसि) ले बुधबार जनाएको छ ।

महामारीबिरूद्ध पाकिस्तानको अभियानको नेतृत्व गर्ने विभाग एनसीओसीकाअनुसार देशभर सङ्क्रमणको कुल संख्या १३ लाख ३८ हजार ९९३ पुगेको छ ।पाकिस्तानमा कोरोना सङ्क्रमणको कारणले २९ हजार ३७ जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित भएको छ ।

यस प्रान्तमा पाँच लाख ९ हजार ३०८ जनालाई कोरोना सङ्क्रमण भईसकेको छ । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा चार लाख ५५ हजार ४९९ व्यक्तिमा कोरोना भाइरस पत्ता लागिसकेको छ । पछिल्लो २४ घण्टामा ६२८ जना कोभिड–१९ बाट निको भएका छन्, यससँगै निको हुनेको कुल संख्या १२ लाख ६५ हजार २३९ पुगेको एनसीओसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्