संसारका सबैभन्दा पाका व्यक्ति ग्रासियाको ११२ बर्षमा निधन

संसारका सबैभन्दा पाका व्यक्ति ग्रासियाको ११२ बर्षमा निधन

विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ ।

गिनीज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवितमध्ये उहाँ विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित हुनुभएको थियो । उहाँको आगामी महिना ११३ औँ जन्मदिन मनाउन लागिएको थियो ।

फेब्रुअरी ११, १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मेका गार्सिया १.५ मिटर (४.९ फिट) अग्लो हुनुहुन्थ्यो । सन् १९३६ मा भएको स्पेनी गृहयुद्धमा सामेल हुन उहाँको होचो कदका कारण भर्ती हुन नपाएपछि पछि उहाँ एक सफल जुत्ता व्यवसायी बन्नुभएको थियो ।

सात छोराछोरी, १४ नातिनातिना र २२ पनातिपनातिनीहरूका अभिभावक उहाँ पछिल्लो समय उमेरका कारण सक्रिय जीवनबाट टाढा हुनुहुन्थ्यो ।

गिनिज बुक्स अफ वल्डए रेकर्डको वेवसाइट अनुसार अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सकी जीन लुइस कालमेन्ट हुनुहुन्छ । सन् १८७५ फेब्रुअरीमा जन्मनुभएकी कालमेन्टको सन् १९९७ मा १२२ वर्ष १६४ दिनको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्