विराटनगर भन्सारको राजश्व घट्यो

विराटनगर भन्सारको राजश्व घट्यो

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनयता लक्ष्य हाँसिल गर्न सकेको छैन । साउनयता ९२ प्रतिशत राजश्व संकलन गर्दै आएको भन्सार कार्यालयको राजश्व पुस र माघ लागेपछि घटेको हो ।

कार्तिकमा चाडपर्व विदाका कारण ८४ प्रतिशत बाहेक विराटनगर भन्सारको राजश्व सरदर रहेपनि पुसमा घटेको छ । पुस २३ गते पुल भास्सिएपछि त्यस महिनाको राजश्व ७६ प्रतिशतमा सिमित भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुंगानाले जानकारी दिनुभयो । पुसमा राजश्व असुली प्रभावित भएसँगै विराटनगर भन्सार कार्यालयको अर्धवार्षिक अवधिमा ८९ प्रतिशत मात्रै असुली लक्ष्य हाँसिल भएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २४ अर्ब ४३ करोड ३२ लाखको असुली लक्ष्यमा २१ अर्ब ७९ करोड २५ लाखमात्रै संकलन भएको तथ्यांकमा उल्लेख गरिएको छ । भन्सार महसुलतर्फ १२ अर्ब ३८ करोड ४६ लाखको लक्ष्यमा ९ अर्ब ३६ करोड ४५ लाख, मूल्य अभिबृद्धि करतर्फ १० अर्ब १९ करोड ३ लाखको लक्ष्यमा १० अर्ब ९४ करोड २७ लाख र अन्तःशुल्कको १ अर्ब ८५ करोड ८३ लाखको लक्ष्यमा १ अर्ब ४८ करोड ५३ लाख असुली भएको हो ।

दैनिक १४ करोडभन्दा बढी राजश्व संकलन गर्दै आएको भन्सार कार्यालयले माघ लागेपछि २ देखि ५ करोड रुपिँया मात्रै संकलन गर्दै आएको छ । माघ महिनाका पहिलो पाँच दिनमा ५८ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । पुलका कारण समस्या भएपछि कोलकाताबाटै व्यवसायीले ढुवानीको रि–रुट गरेको भन्सार अधिकारीहरुको दावी छ । सूचना अधिकृत ढुंगानाले कोलकाताबाट चलान भईसकेका कन्टेनर मात्रै अहिले सुनसरीको सेतुबन्ध नाका हँुँदै भित्रिरहेका छन् । बन्दरगाहमै रहेका र पुलमा क्षतिपुगेपछि चलान भएकाहरुले नाका परिवर्तन गरेको दावी गरिन्छ ।

पैठारीकर्ताले तेस्रो मुलुकबाट आयात गरिएको मालवस्तु प्रवेश गराउने नाकालाई प्रतीतपत्र खोलिएको बैकसँग समन्वय गरेर परिवर्तन गर्न पाउने छन् । यस अगाडी २०७४ मा समेत मीरगञ्ज पुल भास्सिएपछि विराटनगर नाकाको सट्टा भैरहवा, काकडभिट्टा र बीरगञ्ज नाका प्रयोग गरिएको थियो । भन्सार अधिकारीले औद्योगिक कच्चा बाहेक व्यवसायीक मालवस्तु बोकेका सवारी रि–रुट गरिएको आशंका गरेका छन् । दैनिक २५० मालवहाक सवारी विराटनगर भन्सारबाट जाँचपास हुनुपर्नेमा अहिले दैनिक १५० हाराहारीको संख्या मात्रै प्रवेश गर्दै आएका छन् ।
विराटनगर भन्सारलाई पुल मसान्तसम्ममा बढी राजश्व दिने मोटरसाइकल छ ।

यसको पैठारीबाट १ अर्ब ४३ करोड ४० लाख संकलन भएको देखिन्छ । पेट्रोलबाट १ अर्ब २७ करोड ६८ लाख, कपडाबाट १ अर्ब २० करोड ६० लाख, पोलिथिन दानाबाट १ अर्ब २७ करोड ६८ लाख असुली भएको तथ्यांकमा उल्लेख गरिएको छ । यसैगरी एलपी ग्यासबाट ७२ करोड ५१ लख, स्टील वायर रड क्वायलबाट ७१ करोड ४९ लाख, एमएस बिलेटबाट ६२ करोड ६२ लाख, सूर्यमुखीको कच्चा तेलबाट ५९ करोड ६६ लाख, भटमासको कच्चा तेलबाट ५८ करोड र पाम तेलबाट ५१ करोड १ लाख राजश्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्