विराटनगरमा सम्पन्न वडाध्यक्ष कपको उपाधि टिडब्ल्युवाइसिलाई

विराटनगरमा सम्पन्न वडाध्यक्ष कपको उपाधि टिडब्ल्युवाइसिलाई

विराटनगर । विराटनगरमा सम्पन्न दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरको टिडब्ल्युवाइसीले क्लबले हात पारेको छ ।

विराटनगर–१७ को खेल मैदानमा शनिबार सम्पन्न फाईनलमा आयोजक मिल्स भेट्रान्स क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै टिडब्ल्युवाइसीले विजेताको उपाधि हात पारेको हो । जितसँगै टिडब्ल्युवाइसिले नगद पुरस्कार रु. ३५ हजार सहित ट्रफी प्राप्त गरेको छ । उप–विजेता बनेको आयोजक मिल्स भेट्रान्सले नगद २५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

जितको लागि टिडब्ल्युवाइसिका धिरज केसीले २ गोल तथा केवल महर्जन, भुवन बस्नेत, राजन राई र किरण लिम्बुले १÷१ गोल गरेका थिए । म्यान अफ फाईनल टिडब्ल्युवासिका दोर्जे तामाङ्ग घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी मिल्स भेट्रान्सका रुपेन मगर र हाइस्कोर लालीगुँरास युवा क्लबका वर्तमान राई घोषित भए ।

विजेता हुने खेलाडीहरुलाई ट्रफी, प्रमाण–पत्र र मेडल प्रदान गरिएको थियो । कार्यक्रममा भने जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादव, विराटनगर–१७ का वडाध्यक्ष समिम कमर, मिल्स भेट्रान्सका अध्यक्ष इन्द्रराज थापा मगर, प्रचार प्रसार समितिका संयोजक प्रभाकर थापा मगर, मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष उद्धव भुजेल र धनकुमार लामा लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्