चुनावको तयारी पूरा

<span class='c1'>चुनावको तयारी</span> <span class='c2'>पूरा</span>

हेटौँडा । राष्ट्रियसभा चुनावको लागि यहाँको मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको जनाएको छ ।

सो चुनावमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रियसभा चुनावमा पनि गठबन्धन बनाएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना उम्मेदवार अघि सारेको छ । कोरोना महामारीको जोखिम उच्च रहेकाले मतदानस्थलमा स्वास्थ्यमापदण्ड पालनामा कडाइ गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि नै राष्ट्रियसभा चुनावमा पालना गर्नुपर्ने स्वास्थ्यका मापदण्डको सूची सार्वजनिक गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्