ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

<span class='c1'>ट्रकको ठक्करबाट मोटरसाइकल</span> <span class='c2'>चालकको मृत्यु</span>

सप्तरी । ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक आज भएको दुर्घटनामा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।

घरबाट बलार्दह जाँदै गरेका चौधरी चढेको स १० प ४६३५ नंको मोटरसाइकललाई बलार्दह चोकबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नंको ट्रकले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको फत्तेपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खीलाराज खतिवडाले जानकारी दिए ।

शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्