अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजाको खैरो धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने २८ वर्षीय कुमार पुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.५ ख ८७८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझाँ बिमानस्थलबाट करिब ३३ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित कालिकोट तिलागुफा गाउँपालिका-७ बस्ने ५० वर्षीया कृष्णकला शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेकी उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँ, बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारबाट करिब ३ सय ६० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३५ वर्षीय शिव कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले अवैध लागूऔषध गाँजा सेवन गरी आफ्नै श्रीमतीलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्