काठमाडौं। राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो।
संघीय संसदका महासचिव डा.भरतराज गौतमका अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।