एक घर एक धारा अभियानपछि तरकारी खेतीतर्फ किसान आकर्षित

<span class='c1'>एक घर एक धारा अभियानपछि</span> <span class='c2'>तरकारी खेतीतर्फ किसान आकर्षित</span>

तनहुँ । खानेपानी समस्या रहेको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ ।

जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो रहेछ ।”

गण्डकी प्रदेश सरकारको रु.एक करोड ५८ लाख आर्थिक सहयोगमा दुर्गम बस्तीमा उक्त अभियान सम्पन्न भएको हो । कुँवाको एक गाग्री पानी भर्न कठिनाई भोग्नुपर्ने उक्त क्षेत्रमा घरघरमा पानीको धारा जडान गरेपछि स्थानीयलाई निकै सहज भएको छ । सोही वडाको छिपछिपे भञ्ज्याङ घोप्रे खोलाबाट मुल ट्याङ्कीसम्म ७ किलोमिटर टाढाबाट पानी ल्याएर वडाबासीलाई वितरण गरिएको वडाध्यक्ष आलेले जानकारी दिनुभयो । गाउँमा २४ सै घण्टा धारामा पानी आएपछि स्थानीयवासी निकै खुशी छन् । उहाँले भन्नुभयो, “अहिले घरघरमा पानी पुगेपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।”

उक्त आयोजनाबाट त्यसक्षेत्रका ५२ घरधुरीका करिब ३०० मानिस लाभान्वित भएका छन् । वडाका अन्य केही बस्तीमा पनि खानेपानीको समस्या रहेको र लिफ्टीङको लागि आवश्यक पहलकदमी भैरहेको वडाध्यक्ष आलेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्