बिमलको गोलमा मोरिसस विरुद्ध नेपालको जीत

बिमलको गोलमा मोरिसस विरुद्ध नेपालको जीत

विराटनगर। विमल घर्ती मगरले ५५ औं मिनेटमा गरेको एक मात्र गोलले नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० अन्तरले पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका थिए । त्यहि गोल निर्णायक बन्दै नेपाल मोरिसस विरुद्धको खेलमा विजयी बनेको हो ।

राष्ट्रिय टिममा २६ महिनापछि फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गर्न सफल भएका छन् । सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्द‌ै पहिलो रोजाईमा अवसर दिएका हुन् ।

नेपालका लागि विमलको यो नवौँ गोल हो । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लो पटक गोल गरेका थिए । यस्तै यसै खेलबाट डिफेण्डर देवेन्द्र तामाङ र जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा कमब्याक गरे । देवेन्द्रले पहिलो रोजाईमा खेल्दा जगजित दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्