सुनको मूल्य प्रतितोला ९२ हजार २००

सुनको मूल्य प्रतितोला ९२ हजार २००

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ ।

अधिल्लो दिन प्रतितोला रु.९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.४०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९१ हजार ७०० छ । यसको मूल्य शुक्रबार प्रतितोला रु.९२ हजार १०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१५ ले घटेर रु.एक हजार २५० मा भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्