आजको सम्भावित मौसम

<span class='c1'>आजको सम्भावित</span> <span class='c2'>मौसम</span>

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।

उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा दुई दिनदेखि बिहानीदेखि मध्यान्ह्सम्म घाम लागे पनि अपरान्ह्पछि बदली हुने क्रम जारी रहेकाले केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँका न्यूनतम तापक्रम तीन डिग्रि सेल्सियस आधिकतम तापक्रम १६ डिग्री सेल्सियस छ । आज बिहान पनि काठमाडौँसहित देशका अधिकांश भागमा पारिलो घाम लागेको छ ।

महाशाखाको मौसमी बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्