अध्यक्ष प्रचण्डद्वारा शहीदप्रति श्रद्धाञ्जलि

<span class='c1'>अध्यक्ष प्रचण्डद्वारा</span> <span class='c2'>शहीदप्रति श्रद्धाञ्जलि</span>

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले एक सन्देश जारी गर्नुहुँदै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमालगायत सम्पूर्ण शहीदप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी शहीद दिवस मनाइँदैछ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्